नियम २७
उपभोग्य वस्तुको नमूना

() यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा वा नियम २५ बमोजिम कुनै उपभोग्य वस्तु रोक्का राख्दा निरीक्षण

अधिकृतले त्यस्तो वस्तुको नमूना लिनेछ

() उपनियम () बमोजिम उपभोग्य वस्तुको नमूना लिँदा निरीक्षण अधिकृतले परीक्षण वा विश्लेषण गराउने प्रयोजनको लागि आवश्यक मात्रामा नघटाई त्यस्तो उपभोग्य वस्तुको नमूना लिनु पर्नेछ

() उपभोग्य वस्तुको नमूना लिँदा निरीक्षण अधिकृतले त्यस्तो नमूना सम्बन्धित व्यक्तिलाई दिन, परीक्षण वा विश्लेषणको लागि प्रयोगशालामा पठाउन कार्यालयमा समेत राख्नको लागि छुट्टा छुट्टै भाँडा भित्र राखी सिलबन्दी गर्नु पर्नेछ

() निरीक्षण अधिकृतले यस नियम बमोजिम प्रयोगशाला कार्यालयमा पठाउनको लागि लिएको उपभोग्य वस्तुको नमूना बापत प्रचलित मूल्य सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।